दफा ७४
पुनरावलोकन वा मुद्दा दोहोर्याई हेर्दा लाग्ने अदालती शुल्क

कानून बमोजिम कुनै मुद्दा पुनरावलोकन गरी वा मुद्दा दोहोर्याई पाउँ भनी दिएको निवेदन उपर पुनरावलोकन वा मुद्दादोहोर्याई दिने गरी आदेश भएमा जुन हदसम्म चित्त नबुझी पुनरावलोकन वा दोहोर्याई पाउन माग दाबी गरेको हो सोहीहदसम्मत्यति कुरामा फिरादपत्र दर्ता गर्दा लाग्ने अदालती शुल्कको थप दश प्रतिशतका दरले अदालती शुल्क लाग्नेछ ।